दाँत र जिब्रो


एकपटक दाँत र जिब्रोको घमासान भनाभन परेछ |

दाँतले रिसाऊँदै भनेछ, ‘धेरै रिस नउठा, नत्र तँ जाबोलाइ मैले एकपटक बेस्करी टोकीदिएँ भने दुइ टुक्रा हुन्छस |’
जिब्रोले जवाफ फर्काएछ, ‘ओइ कस्लाई धम्की दिएको? फेरी जानी जानी कसैको अगाडी चिप्लिएर केहि नराम्रो बोलिदिऊँला र ३२ वटै एकै तालमा झर्नु पर्ला |’

No comments:

Post a Comment