बुढोसँग विहे

एउटी जवान केटिले उमेर पाकेको धनि बुढोसँग विहे गरेपछि पत्रकारले सोधेछन
पत्रकार : तपाईले उहाँमा के देख्नुभो विहे गर्नलाई ।
केटि : एउटा उहाँको इन्कम अर्को उहाँको दिन कम ।

दाँत र जिब्रो


एकपटक दाँत र जिब्रोको घमासान भनाभन परेछ |

दाँतले रिसाऊँदै भनेछ, ‘धेरै रिस नउठा, नत्र तँ जाबोलाइ मैले एकपटक बेस्करी टोकीदिएँ भने दुइ टुक्रा हुन्छस |’
जिब्रोले जवाफ फर्काएछ, ‘ओइ कस्लाई धम्की दिएको? फेरी जानी जानी कसैको अगाडी चिप्लिएर केहि नराम्रो बोलिदिऊँला र ३२ वटै एकै तालमा झर्नु पर्ला |’

चार तालका कुरा

बैरो :- ए साथी हो ..... सुन त घोडाको टापको आवाज सुने, कोही घोडा चढेर आए जस्तो छ?
अन्धो :-अं तैले ठीक भनिस, हेर्दैमा डाकू जस्तो छ हेर...हेर
लंगड़ो :-उठ न त साथी हो त्यसलाई लात्तैलात्तले भकाभक हानौ
भिखारी :-त्यस्तो कुरा नगर न यार,तिमीहरु गयौ भने त त्यसले मलाई लुटछ नि

मसान घाट

न्यायाधीस :- तिमीले यो कार कहाबाट चोरेर ल्याएको?
चोर :-श्रीमान मैले यो कार चोरेको हैन
न्यायाधीस :- नचोरेको  भए  कहाबाट आयो यो कार तिमी संग
चोर :- मैले यो कार मसान घाट माँ देखे, मैले सोचे यो कार को मालिक मर्यो, त्यसैले लेर आए

सड़क पार गर्न

शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गर्यौ ?
राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं
शिक्षिका : ओहो यो त साह्रै रामो काम गर्यौ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?
राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि त

Girlfriend र Boyfriend

Girlfriend  र Boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए
Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो ।
Girlfriend: don't touch me. touch गर्ने भए बिहे पछि मात्रै .
Boyfriend: ओके त्यसो भए मलाई फोन
गर जब तिम्रो बिहे हुन्छ ।


characterless

१ दिन एउटा केटी सुगा किन्न गइछ:
केटी: यस्को बिशेषता के हो?
पसले: यो बोल्छ
केटीले सुगालाई सोधी: म कस्ती देखिन्छु ?
सुगा: तँ त एकदम characterles देखिन्छेस्
केटी : यो त कस्तो बक्तमिज
रैछ!
पसलेले सुगालाई भित्र लगेर पानीमा चोबलेर भन्यो-'भन् अब पनि गाली गर्छस्?'
सुगा: कहिल्यै गर्दिनँ !
केटी: यदि मेरो घरमा १ जना केटा मान्छे आयो भने तिमी के सोच्नेछौ?
सुगा: तिम्रो श्रीमान् हो !
केटी: यदि २ जना आए ?
सुगा: तिम्रो श्रीमान् र देवर
केटी: ३ जना ?
सुगा: ह्या पानी ल्या मुला, मैले त पहिल्यै भनेको नि यो characterless
भनेर.।।।।

बेवकूफ

राजेश:- मैले हिजो पुलिसलाई बेवकूफ बनाए यार
अमित:-कसरी?
राजेश:- यार हिजो मलाई तिनीहरूले सुनील भनेर पिट्दै थिए,तर म त राजेश हु नि हैंन  

बिषय

एक केटोले भन्यो:- मेरो मन पर्ने  बिषय  दर्शन हो
अनि तिम्रो नि?
कटीले भनी:- प्रदर्शन

लाल पुर्जा

केटो  : डार्लिङ ! तिम्रो नाम आफ्नो हातमा लेखु
कि छातीमा ? .. .. ... .. ... ..
केटी : यता उता लेख्ने  कुरा नगर !
यदि साँचो माया गर्छौ भने तिम्रो घडेरीको लालपुर्जामा लेख !

बाहिर निकालेर.....

शिक्षक क्लास लिइरहेको थियो,
उसको पेन्टको चेन खुला थियो।
त्यो देखेर २ केटीहरु
हासीरहेका थिए,
शिक्षकले भन्यो:- ज्यादा हासिस
भने बाहिर
निकालेर.............. राखी दिन्छु।

बिमारी हर्क़े

हर्क़े  बिरामी भएर डक्टरको मा पुगेछ:
डक्टर:के भयो तपाईंलाई ???
हर्क़े  :हिजो देखी ज्वरो आई रा'छ डाक्टर साब' ! मुटु पनि हिजो देखी दुखी रा'छ, कता कता पेट पनि दुखी राछ : डक्टर:तपाईं रक्सी पिउनुहुन्छ ???
हर्क़े : ह्या हजुर पनि...ल ल तपाईं नै भन्नुहुन्छ भने त..हल्का आधा प्याक जती लेराउनुस न त
:


चोर

राम  : आमा आज मेरो साथी आउदैँ छ.......
घरमा भएका सबै खेलौना  लुकाइदिनु।।
आमा : किन तिम्रो साथी चोर हो र?
राम : होइन क्या, उसले आफ्नो खेलौना चिन्न
सक्छ नी त !!!!!!